आज र भोली होली, यसरी खेलौं प्राकृतिक रंगहरू सँग
- नेचर खबर
काठमाडाैं - होलीका लागि आवश्यक सामग्री के होला त ? यसका लागि समेकसम्म प्राकृतिक रंगको व्यवस्था गरौं । फूल, पात आदिको रसबाट । चन्दन, बेसार आदिको पनि प्रयोग गरिन्छ । खेल्नुअघि सफा पानीको व्यवस्था गरौं ।
१. रातो चन्दनको लेप -यसलाई अबिर जस्तै वनाएर प्रयोग गर्न सकिन्छ । साथै चन्दनको लेपले छालामा राम्रो प्रभाव पार्छ । दुइ चम्चा चन्दनको लेपलाई पाँच लिटर पानीमा उमाल्नुपर्छ । अतः यसलाई थप २० लिटर पानीमा मिसाएर रंग वनाउन सकिन्छ ।
२. आधा कप पानीमा दुइ चम्चा बेसार राखेर थोरै चुना मिसाउनुपर्छ । त्यसमा एक लिटर पानी हालेर घोलौं । उक्त रंगीन पानी पनि होलीका लागि उपयोगी हुन्छ ।
३. संभव भए टमटर र गाजरको रसमा पानी मिसाएर रंग तयार गर्न सकिन्छ ।
४. धनियाँ र पुदिनाको पेस्टलाई पानीमा मिसाएर पनि रंग वनाउन सकिन्छ ।
साथै अबिरले पनि होली खेलिन्छ । अबिरले स्वास्थ्यमा खास हानी गर्दैन । सुख्खा अबिर शरीरबाट सजिलै हटाउन पनि सकिन्छ ।
सुख्खा रंग हटाउने विधि
१. सुख्खा अविरले मात्र खेलिएको छ भने त्यसलाई पानीले धुनुहुन्न, कपडाले पुछ्नुपर्छ ।
२. गीलो रंगलाई तुरुन्तै पुछिदिने हो भने पनि रंग जान्छ ।
३. टाउकोमा लागेको अविरलाई काइयोले कोरिसकेपछि स्याम्पु प्रयोग गरेर नुहाउनुपर्छ ।
४. सावुन दलेर नुहाउँदा पनि अविर हटाउन सकिन्छ ।
५. कसैले अविर दल्नसाथ झट्कारेर पनि हटाउन सकिन्छ ।
रंग हटाउने विधि
१. रंग विस्तारै हटाउनुपर्छ, रगड्नु हुदैन । यसले छालामा असर गर्छ ।
२. अनुहारमा लागेको रंग हटाउन पहिलो वाफ लिनुपर्छ । यसले अनुहारको रोमछिद्र एवं प्वाल खुला हुन्छ र सजिलै रंग हटाउन सकिन्छ ।
३. वाफ लिइसकेपछि क्लिजिङ मिल्कले सफा गर्नु राम्रो हुन्छ । त्यसपछि फेसवास प्रयोग गरेर अनुहार पखाल्नुपर्छ ।
४. केसमा लागेको रंग हटाउन कंडिसनययुक्त माइल्ड स्याम्पु प्रयोग गर्नुवपर्छ ।
५. रंग हटाउन पेटेल स्पिरिट प्रयोग गर्नु हुन्न । त्यसले छालालाई रुखो वनाउँछ ।
घरेलु उपाय
१. वेसनमा कागती र दुध मिसाएर पेस्ट वनाउने, त्यसलाई छालामा लगाएर दस पन्ध्र मिनेट त्यसतीकै छाड्ने र धुने ।
२. मुलाको रस निकालेर त्यसमा दु, वेसन तथा मैदाको मिश्रण वनाउने । यस्तो मिश्रण लगाएर सफा गरेपछि छालामा चमक आउँछ ।
३. केसमा रंग भए राम्रोसँग केस झट्कार्ने । त्यसपछि वेसन तथा दहीले केस पखाल्नु पर्छ ।
४. नङमा लागेको रंग हटाउन कागती प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस