पश्चिमी वायु नेपाल प्रवेश, के पर्छ यसको असर ?

काठमाडौं – पश्चिमी वायु नेपालमा प्रवेश गरेको छ । यो सँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण खासगरी बढी पश्चिम नेपालमा वर्षा र हिमपातको क्रम देखा पर्ने जलवायु तथा मौषम विज्ञ धर्मराज उप्रेती बताउँछन् । उनी नागरिकलाई सचेत गराउँदै सामाजिक सञ्जालमा लेख्छन्, ‘पश्चिम वायु पश्चिमबाट नेपाल भित्र पस्यो । जसले यसको ख्याल गरेन, ऊ यसैमा फस्यो । हल्का वर्षा, हावाहुरी अब यसले ल्याउने, आकास चड्किने हुँदा, सुतेका ब्युजाउने ।’

यो मौसम नेपालमा भित्रिएसँगै पूर्वी तथा मध्य पहाडी क्षेत्रमा समेत छिटफुट वर्षा हुन सक्ने मौसम विद् बताउँछन् । पूर्वी तराईका कोशी र मधेस प्रदेशमा यसको असर कम देखिन सक्छ । यो नियमित मौसमी प्रक्रिया हो । मौसममा हलचल आउनका लागि धेरै न्यून चापीय प्रणालीहरू आवश्यक पर्छ ।

नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ । यस प्रणालीले पानी पार्दा वा हिमपात गराउँदा वा बादलले आकाश ढाक्दा अधिकतम तापक्रम नबढ्ने वा न्यूनतम तापक्रम समेत केही घट्ने सम्भावना हुन्छ । जसका कारण केही दिन चिसो बढ्ने भए पनि केही दिनपछि फेरि तापक्रम बढ्ने क्रम सुरु हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics