मकवानपुरमा चर्न गएका ४ गाई बाघको सिकार बनेपछि…

मकवानपुर – मकवानपुरमा बाघको आक्रमणमा ४ वटा गाई मारिएका छन् । पूर्वी मकवानपुरको बागमती गाउँपालिका – ७ मनसाही जरायोटारस्थित मनकामना सामुदायिक वनमा चर्न गएका ती गाईलाई बाघले मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाले चैत ९ गते चारवटा गाई चराउनका लागि मनकामना सामुदायिक वनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा मरेका गाई भेटिएका थिए ।

सोमबार सोही सामुदायिक वनमा गाईको शरीरको पछाडिको भाग खाएको अवस्थामा फेला परेको थियो ।

यसअघि पनि मकवानपुरको बकैया गाउँपालिकामा चरनका लागि लगिएको एकदर्जन बाख्रालाई बाघले मारेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics