झापाका किसानले यसरी गरे प्रविधि प्रयोग गर्दै चैते धानको नमुना खेती (फोटो फिचर)

झापा – किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउन र उत्पादन बढाउन झापामा आधुनिक कृषि प्रविधि प्रयोग गर्दै चैते धानको नमुना खेती गरिएको छ ।


कृषि ज्ञानकेन्द्र झापाको सहयोगमा गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर धान मेसिनले रोपाइँ गर्दै नमुना खेती गरिएको हो ।


२५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको धानको नमुना खेती गरिएको केन्द्रकी अधिकृत छैठौं (बाली संरक्षण) अन्जु आचार्य बताउँछिन् ।


झापामा किसानले गरिरहेको चैते धान खेतीको बीउ छर्नेदेखि तयार भएको बीउ रोप्ने सम्मको कार्य कसरी भयो ? हेरौं अधिकृत छैठौं (बाली संरक्षण) अन्जु आचार्यले विभिन्न समयमा लिएका यी तस्बिरहरू ।
धानको बीउ राखेको अवस्थामा खिचेको ३ तस्बिर ।






ब्याडमा धानको बीउ रोप्नका लागि तयार भएको अवस्थामा लिएका तस्बिरहरू ।










तयार भएको बीउ मेसिनको सहायतामा रोप्दै ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics