जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

बोआओ (हाइनान, चीन) - सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र सन् १९९४ मा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसङ्घ फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) लागु भएपछि धेरै ढिलो हुनुअघि विश्वभरका मुलुकहरू अब जलवायुमा ठोस कार्यको माग गर्ने महत्त्वपूर्ण क्षणमा आइपुगेका छन् ।


दक्षिणी चीनको हाइनान प्रान्तको बोआओमा जारी बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२४ मा अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वार्ताकार, उद्यम, बैंकर र वैज्ञानिकहरूले यो तात्कालीक भावनामा जोड दिएका छन् ।


बुधबार बोआओ कन्फरेन्स सेन्टरमा प्रतिनिधि र पत्रकारहरूसहितको प्यानल छलफलमा जलवायु परिवर्तनका लागि चीनका विशेष दूत लिउ जेनमिनले विश्वभरका प्रत्येक मुलुक र हरेक व्यक्तिले कार्बन तटस्थता र ऊर्जा सङ्क्रमण लक्ष्यहरू प्राप्त गर्न कदम चाल्ने समय भएको बताए ।


‘एक्सिलरेटिङ क्लाइमेन्ट एक्सन’ शीर्षकको प्यानल छलफलमा सहभागीहरूले विश्वव्यापी तापक्रम वृद्धिको प्रतिक्रियामा वित्तपोषण मुख्य चुनौतीमध्ये एक भएको बताए । विकासोन्मुख मुलुकहरूमाथि जलवायु परिवर्तनसँग लड्न आवश्यक धन प्राप्त गर्न ठूलो दबाबमा रहेको लिउले बताए । उनले जलवायु परिवर्तन प्रतिक्रियाको अभ्यास केही मुलुकले मात्र गर्न नसक्ने भई सबै मुलुकले गर्ने भएकाले विकासोन्मुख राष्ट्रहरूको आर्थिक आवश्यकता पूरा गर्न विकसित मुलुकहरूसँग थप कदम चाल्न आग्रह गरे ।

“वित्तपोषणका अतिरिक्त नयाँ खोजमार्फत राम्रो प्रविधि कसरी आविष्कार गर्न सकिन्छ भन्ने ठूलो चुनौती छ, जलवायु परिवर्तनप्रति मानवताको प्रतिक्रिया प्राविधिक विकासमा निर्भर हुन्छ”, लिउले भने । यस शताब्दीको मध्यसम्ममा विश्वले कार्बन तटस्थता हासिल सुनिश्चित गर्न विद्यमान प्रविधि पर्याप्त नभएको उनको भनाइ थियो ।


“सम्भवतः नयाँ प्रविधिहरू विकसित गर्नुपर्ने आवश्यकता छ, त्यसैले हामी विश्वभरका सरकार, उद्यमी र वैज्ञानिकहरूलाई नयाँ ऊर्जा प्रविधिको विकास र सुधार बढाउन प्रोत्साहित गर्दछौँ”, उनले भने, “प्राविधिक र वित्तीय दुवैको समाधान भएपछि मात्र मानिसहरूका लागि जलवायु परिवर्तनसँग लड्न सहज हुनेछ ।”


बुधबारको जलवायु–केन्द्रीत छलफलमा औषधि उद्योगलगायत विभिन्न क्षेत्रका उद्यमहरूले भाग लिए । छलफलमा जलवायु परिवर्तनमा सबै पक्षको बढ्दो साझा चिन्तामाथि प्रकाश पारियो । औषधि कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी अधिकारी पास्कल सोरियटले जलवायु परिवर्तनले ३० देखि ४० वर्षको समयमा मानिसहरूको जीवनमा प्रभाव पार्नेछ भन्ने धारणा गलत भएको बताए ।


उनले पर्यावरणसम्बद्ध जोखिमका कारण हरेक वर्ष करिब एक करोड २० लाख मानिस मर्ने गरेको जलवायु परिवर्तनको प्रभावभन्दा पहिला नै स्पष्ट भएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics