पाल्पामा हावाहुरीले ढलेको रुखले लाग्दा एकको मृत्यु
- नेचर खबर

पाल्पा - पाल्पामा हावाहुरीले ढलेको रुखले थिच्दा च्यापिएर हिजो साँझ स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका-८ जरेपिपलमा स्कुटरमा चलाइरहेको अवस्थामा हावाहुरीका कारण रुख लडेर लागेको थियो । दुर्घटना हुने बित्तिकै उनलाई अस्पताल लगिएको थियो । तर अस्पताल लाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका-२ का २० वर्षीय प्रथम शाही घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस