पर्यटन र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
- नेचर खबर

काठमाडौँ– संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारवाहीका साथै विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका कामकारवाही, समस्या र भावी कार्ययोजनाका बारेमा छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस