चरम गर्मी : पेटमै बच्चाको निधन हुने जोखिम देब्बर

भारतका गर्भवती महिलाहरू जलवायु परिवर्तनको असर सामना गर्ने अग्रपङ्कतिमा

काठमाडौं – चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोबर हुने एक अध्ययनले देखाएको छ ।


भारतमा गरिएको उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने पत्ता लगाएको हो । अध्ययनकर्ताहरूले ज्यादा गर्मी हुने ग्रीष्म ऋतुले उष्ण मौसम हुने क्षेत्रमा मात्रै नभई यूकेजस्ता देशमा पनि त्यस्तो हुने बताएका छन् ।


गर्भवती कामकाजी महिलाका लागि विशेष स्वास्थ्य सल्लाह विश्वभरि नै आवश्यक पर्ने अनुसन्धानकर्ताहरू बताउँछन् । अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए । चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो ।


त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्न जानुपथ्र्याे । बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे ।


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गर्भवती महिलाहरूले केही घातक असरहरूको सामना गरिरहँदा त्यसले हामी सबैका लागि अस्तित्वको खतरा भएको भन्दै चेतावनी दिएको छ ।

मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन । ‘गर्मीको असर तपाईँ केमा अभ्यस्त हुनुहुन्छ र तपाईँको शरीर कस्तो मौसममा अभ्यस्त छ भन्नेमा भर पर्छ,’ अध्ययनका एक वैज्ञानिक प्राध्यापक जेन हर्स्टले भनिन् ।


यूकेमा काम गर्ने प्रसूति रोग विशेषज्ञ तथा द जोर्ज इन्स्टिट्यूट मा ग्लोबल वीमिन हेल्थका प्राध्यापक रहेका हर्स्ट भारतका गर्भवती महिलाहरू वास्तवमै ‘जलवायु परिवर्तनको असर सामना गर्ने अग्रपङ्कतिमा’ रहेको बताउँछिन् ।


यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको औसत तापक्रम औद्योगिक समयभन्दा अगाडिको तुलनामा झन्डै तीन डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गर्भवती महिलाहरूले केही घातक असरहरूको सामना गरिरहँदा त्यसले हामी सबैका लागि अस्तित्वको खतरा भएको भन्दै चेतावनी दिएको छ ।


विगतका अध्ययनहरूले उष्ण लहरका बेला समय अगावै बच्चा जन्मिने वा गर्भमै बच्चाको मृत्यु हुने जोखिम करिब १५ प्रतिशत रहेको देखाएको थियो । तर, यस्ता अध्ययनहरू धेरै आय हुने अमेरिका र अस्ट्रेलियाजस्ता देशहरूमा गरिएको थियो ।


भारतले गरेको पछिल्ला अध्ययन भने खासगरी बढी चिन्ताजनक रहेको र त्यसो व्यापक असर हुने प्राध्यापक हर्स्ट बताउँछिन् । गर्मीमा काम गर्ने गर्भवती महिलालाई अहिले कुनै औपचारिक अन्तर्राष्ट्रिय सल्लाह वा निर्देशिका छैन । –बीबीसीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics