कोशी प्रदेशमा वन प्राविधिक संघको निर्वाचनका लागि तोकियो केन्द्र

काठमाडौं – कोशी प्रदेशमा नेपाल वन प्राविधिक संघको निर्वाचनको मतदान पर्यटन, वन तथा वातावरण मन्त्रालय, विराटनगरको परिसरमा हुने भएको छ । आगामी शनिबार हुन लागेको निर्वाचनको अधिकांश तयारी कोशी प्रदेशमा सकिएको छ ।

मंगलबार नेपाल वन प्राविधिक संघ, केन्द्रिय निर्वाचन समिति, बबरमहल काठमाडौंबाट गठित प्रदेश निर्वाचन सहजिकरण समितिका संयोजक डा. इन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मतदान केन्द्र तोक्ने र व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले मतदान केन्द्र मन्त्रालय परिसरलाई तोक्ने र निर्वाचनका लागि मतदान केन्द्र व्यवस्थापनमा जनशक्ति परिचालन एवं जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका, सुरक्षण शिल, छेकाबारा लगायतका मतदानका लागि चाहिने विविध सामाग्री माग गर्न डिभिजन वन कार्यालय मोरङलाई अनुरोध गर्ने निर्णय गरको संयोजक डा.सापकोटाले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics