नेपालमा मकैको आवश्यकता बढ्दैछ : चन्द्र ढकाल

काठमाडौं - उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको बताएका हुन् ।

उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बताए । ढकालले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताए ।

उनले गत आर्थिक वर्ष २०२१-२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताए । ढकालले मकैको उत्पादन वृद्धिका लागि केही पहल भए पनि पर्याप्त नभएको जिकिर गरे ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics