नेपाल वन प्राविधिक संघको निर्वाचनमा कर्ण नेतृत्वको टिमको ७ बाचा

वन प्राविधिक संघको निर्वाचन

काठमाडौं – वन व्यवस्थापन मार्फत अर्थतन्त्र सुदृढिकरण र रोजगारी सिर्जना लागि बुलन्द आवाज उठाउने नेतृत्व नै राकेश कर्ण रहेको भन्दै प्रजातान्त्रिक वन प्राविधिक संघले आफ्ना बाचाका बुँदासहित प्यानल नै बनाएर उम्मेदवार घोषणा गरेको छ ।


आगामी शनिबार (चैत २४ गते) हुन लागको नेपाल वन प्राविधिक संघको निर्वाचनमा प्रजातान्त्रिक वन प्राविधिक संघ, नेपाल राष्ट्रिय वन प्राविधिक संजाल र मधेशका लागि वनको तर्फबाट राकेश कर्णको नेतृत्वको संयुक्त प्यानल चुनावी मैदानमा छ ।


उक्त प्यानलको अध्यक्षको उम्मेदवारमा कर्ण छन् भने उपाध्यक्षमा अमरदेव प्रसाद यादव र महासचिव (खुल्ला)मा गोविन्दप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यस्तै महासचिव (महिला) मा सुनिता उलक, सचिव (खुल्ला)मा सुदिप छत्कुली, सचिव (महिला)मा सृजना श्रेष्ठ र कोषाध्यक्षमा सुजिता कुमारी राउत उम्मेदवार बनेका छन् ।


वन प्राविधिकहरू माथि हुने जस्तोसुकै आक्रमणको सशक्त प्रतिकार गने र डिभिजन वन खारेज हुनुपर्छ भन्ने जस्ता वन क्षेत्र विरोधि गतिविधिको बिरोध गर्ने बाचा पनि ।

कर्णको समुहका खुल्ला तर्फ सदस्यका उम्मेदवारहरूमा निरज बाबु भट्ट, प्रकाश राज रेग्मी, प्रशासन सापकोटा र सुभाषचन्द्र शर्मा छन् भने महिला सदस्यमा पुष्पाकुमारी मिश्र, सृजना श्रेष्ठ र पुजा पोखरेल उम्मेदवार छन् ।


कर्ण नेतृत्वको प्यानलले घोषित उम्मेदवार विजयी भए वन काउन्सिलको स्थापनाको लागि अहोरात्र खट्ने, वन प्राविधिकहरू माथि हुने जस्तोसुकै आक्रमणको सशक्त प्रतिकार गने र डिभिजन वन खारेज हुनुपर्छ भन्ने जस्ता वन क्षेत्र विरोधि गतिविधिको बिरोध गर्ने बाचा पनि गरेको छ ।


यस्तै वन कार्यालयहरूलाई स्थानीय तहमा लैजाने चलखेल रोक्न, वन प्रशासनलाई सशक्त बनाउन नैतिक बल दिन र सुशुप्त रहेको नेपाल वन प्राविधिक संघलाई चलायमान बनाउन पनि यो समुहलाई मतदान गर्न अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics