पाथीभरामा केबलकार आवश्यक रहेको भन्दै फुङ्लिङमा बृहत् नागरिक र्‍यालीको तयारी

काठमाडौं – ताप्लेजुङ जिल्लाको विकास, समृद्धी र पहिचानका लागि पनि पाथीभरामा मन्दिरमा केबलकार निर्माण आवश्यक रहेको भन्दै सदरमुकाम फुङ्लिङमा बृहत् नागरिक र्यालीको आयोजना हुने भएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा चैत २४ गते शनिबार उक्त कार्यक्रम हुने र्याली संयोजक राजेन्द्र अन्छङ्बोले जानकारी दिए ।

उनका अनुसार सो बृहत् र्यालीमा जिल्लाका सबै जात–जाती, राजनीतिक दल, नागरिक समाज, बद्धिजीवि, स्थानीय जनप्रतिनिधि, सामाजिक र जातीय तथा धार्मीक संघ–संस्थाका प्रतिनिधि, शिक्षक, उद्योगी, व्यापारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहनेछ ।

सदरमुकाम स्थित सामुदायिक भवन (सिटिहल)मा विहान ११ बजे सबै भेला भएर र्याली सुरु गरिने आयोजकले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics