अचम्म ! वर्षाको पानीमा पनि कर ?

काठमाडौं – वर्षामा पानी अकाशबाट झर्छ । यो हुनमा सरकारको केही योगदान रहन्छ ? पक्कै पनि प्राकृतिक वर्षामा केही भूमिका रहँदैन । तर, टोरोन्टोका स्थानीय भन्छन्, ‘यहाँ सरकारले अचम्म गरेको छ, वर्षाको पानीमा पनि कर लगाउँदै छ ।’

यहाँको सरकारले घर मालिक र व्यवसायहरूलाई ‘स्ट्रमवाटर चार्ज’ भनेर नयाँ कर लगाउन लागिएको हो । केहीले यसलाई वर्षाको पानीमा कर पनि भनेका छन् । ढलान वा प्लास्टरका कारण वर्षाको पानी जमिनमा नसोसिएर सिधै ढलमा मिसिने अनि सडकमा पानी जम्ने लगायत समस्या रोक्न यो कर ल्याउन लागिएको हो ।

यो करको अवधारणा सन् २०२१ मा मेयर जोन टोरीको कार्यकालमा ल्याइएको थियो । नगर सरकारले प्रस्ताविक नयाँ करको विवरणहरू समेटिएको एउटा भिडियो सार्वजनिक गरेको छ । वर्षाको पानी वा हिउँ पग्लिएर बन्ने पानीको उचित व्यवस्थापनका लागि यो कर लगाउन लागिएको हो । यो कर सन् २०२४ को अप्रिल देखि लागू हुने सक्ने बताइएको छ ।

यसमा स्थानीयहरूले घरजग्गाले ओगटेको ठाउँमा पानी नसोस्ने साह्रो हिस्साको प्रति वर्ग मिटरका आधारमा कर तिर्नु पर्नेछ । टोरोन्टोका बासिन्दाहरुले अहिले पानीको खपतका आधारमा पैसा तिरिरहेका छन् । घर तथा व्यवसायहरूले ५ हजार क्युबिक मिटरसम्म ४ डलर ५१ सेन्ट र त्यसपछि ३ डलर १६ सेन्ट तिर्छन् । यो कर थपिएपछि स्थानीयहरूको पानीको बिल थप बढ्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics