पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देश दिन फुङलिङमा र्‍याली, च्याब्रुङ र नौमतीले घन्कियो सदरमुकाम (फोटो फिचर)

तस्बिरहरू : हेमराज निरौला ।

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शनका लागि यात्रा अझै सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देश दिन शनिबार सदरमुकाम फुङलिङमा सद्भाव र्‍याली निकालिएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा निकालिएको उक्त र्‍यालीमा सैयौंको संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो । ‘वृहत्त नागरिक सद्भाव ¥याली’ लेखिएको व्यानरसहितको उक्त र्‍यालीमा नौमति बाजा र च्याब्रुङसहित बिभिन्न जातजाति र समुदायको संस्कृति भल्कने झाँकी पनि प्रर्दशन गरिएको थियो ।

‘समृद्धि बन्ने हो हाम्रो आफ्नै कर्मले, विकास नगर भन्दैन कुनै आस्था र धर्मले’ ‘नगरौं गलत प्रचार, यातायातको प्रविधियुक्त साधन हो केवलकार’, ‘केवलकार ताप्लेजुङको सान, बन्ने छ अर्थतन्त्र चलायमान’ जस्ता लेखिएका प्लेकार्ड बोकेका स्थानीयले केबलकार बने जिल्लाले विकासमा फड्को मार्ने प्रतिक्रिया दिए ।

‘खुसी हुनेछन् भावी सन्तती, केवलकारले विनास गर्दैन प्रकृति’ र ‘ताप्लेजुङको समृद्धिको आधार, पाथीभरा(मुकुम्लुङ)मा केवलकार’ जस्ता नारा पनि सहभागीले प्लेकार्डमा अटाएका थिए । उक्त र्‍याली अघि जिल्लाका युवाहरूले सदरमुकाममा नै मोटरसाईकल र्‍याली समेत निकालेका थिए ।

र्‍याली पछि आयोजित कोणसभामा ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा केवलकारको निर्माणले ठूलो टेवा पु¥याउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारना राखे भने युमा साम्यो अभियान्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी महिला अगुवा मिना गुरुङले केवलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।












 











नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics