मन्त्रिपरिषद् बैठकले वन मन्त्रालय अन्तर्गत गरेका ३ निर्णयमा के के छन् ?

काठमाडौं  - सरकारले नारायण नगरपालिका दैलेखलाई फोहोरमैला संकलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको लागि ३ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । निर्णय भने आइतबार मात्रै सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै वन मन्त्रालय अन्तर्गत ३ वटा निर्णय भएको बताईन् ।

अन्य निर्णयमा मनहरी गाउँपालिका, मकवानपुरलाई मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि राष्ट्रिय बनको ०.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र नेपाल वन सेवा, फरेष्ट रिसर्च समूह, रा.प.प्रथम श्रेणीका सहसचिव श्री सावित्री अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्ने पनि रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics