वायु प्रदूषण घटाउन कहिले पर्ला पानी ?

काठमाडौं – विभिन्न स्थानमा लागेको डढेलो र सुख्खा मौसमका कारण काठमाडौं उपत्यकासहित मुलुका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । प्रदूषण घट्न पानी पर्नै पर्छ वा हावा बढी चल्नुपर्छ । तर, विज्ञ भन्छन्, ‘अझै केही दिन पानी पर्दैन ।’

मौसमविद् तथा जानकारका अनुसार यसरी वायु प्रदूषण बढेका बेलामा वर्षा भए त्यसले प्रदूषण न्यूनीकरणमा सहयोग गर्छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।

वायु प्रदूषण बढेको बेलामा बाहिर जानुपरे मास्क लगाउनुपर्ने चिकित्सक र जनस्वास्थ्यविद्हरू बताउँछन् । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । पानी परेमा प्रदूषित वायु कम हुँदै जाने भए पनि तत्काल त्यस्तो अवस्था नदेखिएकाले वायुको गुणस्तरमा तुरुन्तै सुधार हुने अवस्था नरहेको जानकारहरू बताउँछन् ।


रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics