ओलाङ्चुङ्गोलामा ओली (फोटो फिचर)

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङस्थित पर्यटकीय क्षेत्र ओलाङ्चुङ्गोला पुगेका छन् । निर्माणधीन तमोर करिडोरको सडकको निरीक्षण गर्न र स्थानीयसँग छलफल गर्न उनी विहीबार त्यहाँ पुगेका हुन् ।

ट्रयाक खोल्ने कार्य फक्क्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङ्गोला हुँदै चीनको टिपताला नाका नजिक पुगेको छ । उनले सो स्थानको अनुगमन गर्नुको साथै गोलाका स्थानीयसँग पनि छलफल गरेका छन् ।

गोला जानु अघि विहीबार विहान उनले सामाजिक सञ्जालमा गोलाको तस्बिर राखेर त्यहाँको प्राकृतिक सुन्दरताको चर्चा पनि गरेका थिए । ‘आज म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्बिर ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु,’ उनले लेखेका थिए ।

उनले जिल्ला सदरमुकाममा पार्टी कार्यालय उद्घाटनसँगै नेताकार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनी विहीबार नै काठमाडौं फर्कनेछन् । ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार तथा यातयात मन्त्री रघुबीर महासेठ, एमाले सचिव योगेश भट्टराई तथा पार्टीका केन्द्रिय तहका नेता समेतको उपस्थिति छ । अहिले उनी सदरमुकाममा आयोजित कार्यक्रममा रहेका छन् ।


 





















नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics