एनड्रोइड र आइओएस भर्सनमा नागरिक लगानी कोषको ‘सीआइटी स्मार्ट मोबाइल एप’

काठमाडौं – नागरिक लगानी कोषले एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने ‘सीआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरुको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको छ ।

त्यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरुलाई स्वतः नयाँ मोबाइल एपमा आवद्धता गराइएको छ । इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics