मुगु र डोल्पामा नै भेटिए ९० वटा हिउँ चितुवा

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको आहारा खाने ठाउँ

काठमाडौं – मुगु र डोल्पा जिल्लामा नै ९० वटा हिउँ चितुवा रहेको एक अध्ययनले देखाएको छ । यी जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रलाई मुख्य वासस्थान बनाएर ती हिउँ चितुवा बसेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठ बताउँछन् ।


सन् २०१९ मा हिउँ चितुवा गणनाको लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको थियो । ती क्यामराको सहायतामा गरिएको अध्ययनमा ९० वटाको संख्यामा हिउँ चितुवा रहेको पुष्टि भएको श्रेष्ठ बताउँछन् ।


तस्बिर : AI

क्यामेरा ट्राप जडान गरिएको करिब १ वर्ष पछि हिउँ चितुवाको तथ्यांक विश्लेषण गर्ने कार्य सुरु गरिएको निकुञ्जले अन्तिम रिपार्टमा ९० वटा हिउँ चितुवा रहेको दाबी गरेको छ ।


सन् २०१९ सम्पन्न क्यामेरा ट्रापिङ सर्वेक्षण प्रविधि पछिल्लो विकसित प्रविधि हो । यस प्रविधिको प्रयोग गरी हिउँ चितुवाको गणना डोल्पामा पहिलो पटक गरिएको थियो । हिउँ चितुवाको मुख्य आहारा– झारल, घोरल, नाउर रहेको र सोही झारल घोरल र नाउरको संख्या निकुञ्जमा ४ हजार भन्दा बढी रहेकाले यहाँ हिउँ चितुवा पनि बढी रहेको निकुञ्जको भनाई छ ।


निकुञ्जमा जडान गरिएको क्यामेराको कभरेज क्षेत्र ४ हजार ८ सय वर्ग कि.मि. रहेको छ । प्राप्त नतिजाले प्रति १ सय वर्ग किलोमिटर दुई–दुई रहेको देखिने गरेको निकुञ्जले जनाएको छ ।


तस्बिर : AI

निकुञ्ज क्षेत्रको करिब २५ सयदेखि ५५ सय मिटर उचाइमा हिउँ चितुवा भेटिने गरेका छन् । निकुञ्जले ३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो निकुञ्ज भित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिकासहित डोल्पाका तीनवटा गरी ४ वटा स्थानीय तह पर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics