करोडौं पर्ने बुद्धचित्तको बोट काटेको आरोपमा ४ जना पक्राउ, जनमुक्ति सेनाका कमान्डरको पनि संलग्नता

बन्दुक बोकेरै रूख काट्न पुगेका थिए उनीहरू

काभ्रे - काभ्रेको रोशी गाउँपालिका- ५ नागबेलीमा रहेको ठकुरानी तामाङको बुद्धचित्तको रुख काटेको आरोपमा जनमुक्ति सेनाका पूर्वकमाण्डरसहित ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा जनमुक्ति सेनाका पूर्वकमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रभातलाई काठमाडौंस्थित बनस्थली बर्गर हाउसमा नयाँ वर्ष मनाइरहेका बेला पक्राउ गरिएको हो भने मानबहादुरलाई सकेट बम राखेकै दिन पक्राउ गरिएको थियो ।

मैनाली र दुर्गालाललाई बनेपाबाट पक्राउ गरिएको हो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रभातलाई छाड्न माथिल्ला तहबाट अत्यन्तै दबाब आइरहेको प्रहरी श्रोतले जनाएको छ । आठ जनाविरुद्ध माला धनी र व्यापारीले संयुक्त रूपमा किटानी जाहेरी दिएका थिए ।

बुद्धचित्त मालाको बोट १५/२० जनाको अज्ञात समूहले गत २९ गते मध्ये राति काटिदिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics