ताप्लेजुङमा चट्याङ लागि घाईते २ दिन पछि अस्पताल भर्ना

ताप्लेजुङ – ताप्लेजुङमा चट्याङ लागेर घाईते एक महिलालाई २ दिन पछि अस्पताल भर्ना गरिएको छ ।

बैसाख ४ मा घरमा बसिरहेको समयमा चट्याङ् लागि घाइते भएकी फुङलिङ नगरपालिका – १ तिनधारे की ५१ बर्सिया मन्जु सिग्देललाई बिहीबार जिल्ला अस्पताल भर्ना गरिएको हो ।

दुई दिन सम्म घरमा नै घरेलु उपचार गर्दा स्वास्थ्य झनै बिग्रिएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चट्याङ्बाट उनको छाती र बायाँ हात पिल्सिएको छ भने बायाँ खुट्टा सुन्निएको उनका श्रीमान लोकनाथ सिग्देलले जनाकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics