एउटा झारल मार्न १३ लाख

फाइल फोटो


शिकारयाम सुरु भएसँगै नाउर र झारलको खोजीमा विभिन्न देशका शिकारी ढोरपाटनमा पुगिसकेका छन् ।

नेपालको एउटै मात्र शिकार गर्न पाइने आरक्ष ढोरपाटन शिकार आरक्षमा यसपटक शिकारको अनुमती माग्नेबाट एक करोड १३ लाख रुपैया राजश्व जम्मा भइसकेको छ । वर्षमा दुईपटक शिकार हुने यो आरक्षमा पहिलो सिकारमा (असोज–मंसीर) मा भने ३३ लाख ६८ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको थियो । गएको शिकारयाम (असोज– मसिरमा) मा दुई लाख ५० हजार रहेको दर अहिले बढेर रु १३ लाख ५ हजार सम्म पुगेको छ ।

शिकार गराउन विदेशी नागरिकलाई ढोरपाटनसम्म पुर्याउने काम विभिन्न एजेन्सीले गर्छन् । यो वर्षका लागि एउटा नाउर शिकार गर्नका लागि ८ लाख ७५ हजार रुपैयां तिर्नुपर्छ । त्यस्तै झारलकको १३ लाख ५ हजार मूल्य तोकिएको छ । प्रतिस्पर्धाका कारण शिकारको राजश्वसमेत बढेको छ । सरकारी मूल्यमा भने न्याउरको लागि १ लाख तथा झारलको ५० हजार रुपैयां तोकिएको छ । प्रतिस्पर्धाको आधारमा बढी रुकम तिर्र्नेले शिकार गर्न पाउंछन ।

यो वर्षको दोश्रो शिकारयाममा शिकार गरेर दुईजना अ‍ेमेरिकी नागरिक फर्किसकेका छन् । दोश्रो चरणको शिकारका लागि दश जना शिकारीको कोटा छुट्याइएको छ । काठमाडौंबाट सामान्यता एक सातामा शिकार गरेर फर्किन्छन् । अघिल्लो वर्षमा तुलनामा यो पटक भने शिकारका लागि न्याउरको संख्या घटाइएको छ । प्रत्येक ५ वर्षमा अध्ययन गरेर सरकारले शिकारका लागि वन्यजन्तुको संख्या निर्धारण गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ५ वर्षसम्मको लागि प्रत्येक वर्ष २० वटा नाउरमात्रै शिकार गर्न पाइने मापदण्ड निर्धारण गरेको छ । झारलको संख्या भने यो वर्ष पनि पुरानै कायम गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागले यस अघिका वर्षमा २६ नाउर र १४ झारलको शिकार अनुमती दिने गरेको थियो । ग्लोबल सफारिज नेपाल प्रालिका अनुसार, ९० प्रतिशत शिकारी नयाँ र १० प्रतिशत शिकारी दोहोरिन्छन् । सफारीका शकर पराजुलीका अनुसार, शिकार गर्नमा पुरुषको सख्या धेरै हुन्छ । ४० वर्षमा चारजना महिलाले मात्रै शिकार गरेका छन् । २०७२( असोज –मंसिर) मा ढोरपाटनमा १३ वटा नाउर र ७ वटा झारलको शिकार भएको थियो । जसमध्ये अमेरिका बाट ५ जना , स्वीट्जरल्याण्डबाट एक जना, रसियाबाट ३ , अर्जेन्टिनाबाट २ र मेक्सीकोबाट २ जनाले शिकार गरेका थिए । त्यसैगरी २०७२ फागुन –२०७३ बैशाखसम्ममा १३ वटा नाउर र ६ वटा झारल शिकार भएको थियो । जसमा अमेरिकी नागरिक पांचजना, फ्रान्सेली एक, अष्ट्रलियन १ , स्पेनीस २ र क्यान्डेनियन २ जनाले शिकार गरेका थिए । ढोरपाटन शिकार आरक्ष २०४० सालमा स्थापना भएको हो । यसको उत्तरी सिमामा पुथा , चुरेन र गुर्जा हिमालहरु छन् । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम , म्याग्दि र बाग्लुङ गरी तिन जिल्लामा फैलिएको छ । फागुने ,वार्षे , सेङ , दोगाडी , घुस्तङ र सुनदह ‘ब्लग ’ गरी छ बल्गमा शिकार खेल्न गरिएको छ ।

नेपाल वाईल्डलाइफ एडभेन्चर , ग्लोबल सफरिज नेपाल प्रा.लि, ओपन नेपाल वाईल्डलाइफ सफारी एण्ड टेक« प्रा.लि र नेपाल वाईलडलाफइफ सफारी प्रा.लिले शिकार खेलाउने गरेका छन् । जर्मनी ,स्पेन , अमेरिका लगायत विभिन्न मुलुकबाट शिकारका पारखी ढोरपाटन पुग्ने गरेका छन् । ढोरपाटनको आम्दानीको मूख्य स्रोत राजश्व नै हो ।
शिकारबाट राजश्व
२०६७/६८        ८०,६७०
६८/६९            ८०,६७०
६९/७०            ४,३२१०८
७०/७१            ४,२६९५२
७१/७२            ३,७०९४५
७२/७३            ३,६९१०५

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics