किम्बु खाँदा निरन्तर बान्ता, बालकको मृत्यु

काभ्रे - काभ्रेको नमोबुद्ध नगरपालिका ४, काफ्लेथोकका एक बालकको किम्बु खाएर निरन्तर बान्ता भएपछि मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका काफ्लेथोकका गणेशप्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्तले स्कुलबाट घर फर्कने क्रममा किम्बु खाएका थिए । उनी घर पुगेपछि अत्यधिक बान्ता भएको थियो ।

अत्यधिक बान्ता भएपछि प्रशान्तलाई उपचारका लागि मेथिनकोट अस्पताल भकुन्डे पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

मृत्यु भएका बालकको शव परीक्षणपछि आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics