डिशहोमको सीईओमा मानन्धर

काठमाडौं - दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव सँगालेका तारा मानन्धर डिश मिडिया नेटवर्ककको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा साढे नियुक्त भएका छन् । मानन्धरले सोमबारदेखि डिश मिडियाको सीईओको कार्यभार सम्हालेका हुन् ।

मानन्धरले मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा व्यवस्थापन तहमा काम गरेका थिए । विगत १३ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा क्रियाशील डिशहोमले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति लिएको थियो ।

हाल यो कम्पनी नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ । हाल कम्पनीले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्विटिज फन्डबाट थप लगानी जुटाइसकेको र चाँडै नै आईपीओ निस्कासन गर्ने तयारी गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics