देशभर गर्मी बढ्यो, कुन स्थानको तापक्रम कति ?

काठमाडौं – देशभर गर्मी बढेको छ । विहानैबाट टन्टलापुर घाम लाग्न थालेपछि अन्य जिल्लाको तुलनामा तराई मधेशको जनजिवन बढी प्रभावित बनेको छ ।

गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

यसैगरी शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

मौसमविद गंगा नगरकोटीले देशभर नै तापक्रम बढ्दै गएको र तत्काल कम हुने सम्भावना नरहेको बताइन् । उनका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना पनि छैन । तर थोरै स्थानहरूमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी भने पर्ने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics