आजको मौसम : वर्षा भन्दा हावा–हुरी बढी

काठमाडौं – नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले केही स्थानमा हल्का वर्षा हुनुको साथै अधिकांश स्थानमा हावा हुरी चल्नेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशको तराई भूभागका केही स्थानका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics