काठमाडौं उपत्यकामा पुनः बढ्यो वायु प्रदूषण

काठमाडौं – देशका विभिन्न स्थानमा लागेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics