अरुण तेस्रोको काम ७४ प्रतिशत सकियो

काठमाडौं – अरुण तेस्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले ९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रोको काम ७४ प्रतिशत सकिएको बताएका छन् । यो आयोजना सन् २०१८ मा सुरु भएको हो ।

‘नेपालमा आयोजनाको काम सुरु गर्दा केही समस्या थिए । उक्त समयमा काम अघि बढाउने वा छाड्ने भन्ने अवस्थामा पुगेका थियो,’ धिमानले अरुण सुरु गर्दाको अनुभव सुनाए ।

उनका अनुसार त्यो समय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नसक्ने समस्या सुनाइएको थियो । त्यसपछि स्थानीय समस्या र सुरक्षा उपलब्ध गराएपछि काम अघि बढेको उनको भनाई छ ।

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्न सहज भएको र समस्या टिपोट गरी समाधानतर्फ लाग्ने गरेको बताए । यो आयोजना भारतीय कम्पनी एसजेभीएनले बनाइरहेको छ ।

अरुण तेस्रोको प्रगति राम्रो भएसँगै भारत सरकार र नेपाल सरकारबीच छलफल भई थप २ वटा आयोजना निर्माणको जिम्मा लिएको छ । तल्लो अरुण यो वर्षको अन्तमा निर्माण सुरु हुने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics