मह के वास्तवमै प्रकृतिको अमूल्य उपहार हो ?

काठमाडौं - मह एक स्वादिलो, रसिलो मात्र नभई स्वास्थ्यवद्र्धक गुणले पनि भरिपूर्ण मानिन्छ। घरेलु ओखतीको रुपमा महको प्रयोग सदियौंदेखि हुँदै आएको छ।

विगतमा घर–घरमा माहुरीको घार बनाउने र मह काडेर खाने गरिन्थ्यो। लामो समय भण्डारण गरेर पनि प्रयोग गरिन्थ्यो। लामो समयसम्म राख्दा पनि यसको गुण नष्ट हुँदैन।

यद्यपि अहिले भने बजारमा अनेकथरी मह आउन थालेको छ। विभिन्न कम्पनीले मह उत्पादन गरेर बजारमा ल्याउने गरेका छन्। बजारमा उपलब्ध महको गुणवत्ताप्रति भने उपभोक्ता ढुक्क हुन सकिरहेका हुँदैनन् । कतिपय कमसल वा मिसावटयुक्त महको कारण उपभोक्ताले यसको गुणस्तरप्रति शंका गरिरहेका छन्।

यदि शुद्ध मह छनौट गर्न सकियो र नियमित सेवन गर्ने हो भने यसले स्वास्थ्यमा राम्रो लाभ मिल्ने बताइन्छ। महलाई स्वाद भन्दा पनि बढी ओखतीकै रुपमा प्रयोग गरिन्छ। औषधीय गुणले भरिपूर्ण महका बारे केही रोचक प्रसंग यहाँ उल्लेख गरिएको छ।

त्यसो त विश्वमै प्राचिनकालदेखि महको महत्व स्वीकार गरिएको छ। हाम्रो पौराणिक ग्रन्थ वेदमा महको गुणगान गाइएको छ। त्यसमा लेखिएको छ, वैदिक कालदेखि मान्छेले मादक सुराका साथ मह सेवन गर्थे।

अरबी साहित्यमा त महमाथि कति कविता लेखिएको छ। विख्यात अरबी कवि हाफिजको कवितामा महको वर्णन गरिएको छ। मिश्रमा पनि विभिन्न प्रकारको औषधिमा महको उपयोग गरिन्थ्यो । प्राचिन युनानमा मह अत्याधिक लोकप्रिय थियो। ओलम्पिक खेलमा कडा शारीरिक गतिविधि गरिसकेपछि पुन शक्ति आर्जन गर्नका लागि मह खुब उपयोग गरिन्थ्यो।

यूरोपिय औषधि विज्ञानको जनक अर्थात मेडिकल साइन्सका पिता मानिने हिपोक्रेट्स भन्थे कि, महले दीर्घायु प्राप्त हुन्छ । अतः उनी आफ्ना बिरामीलाई मह सेवन गर्न सुझाव दिन्थे। आँखाको उपचारमा समेत मह उपयोग गरिन्छ। आँखाको विभिन्न आयुर्वेदिक औषधि निर्माणमा मह प्रयोग गरिन्छ।

महको पोषक तत्व
माहुरीले थरीथरी फूलको रस चुसेर त्यसलाई महमा संचित गर्छ। एक किलो मह जम्मा गर्नका लागि माहुरीले दुईदेखि पाँच लाख फूलको चक्कर लगाउनुपर्छ। कहिले काहीँ त माहुरीले फूलको खोजीमा निकै टाढा टाढासम्मको यात्रा तय गर्नुपर्ने हुन्छ।

महको चाकामा एकत्रित फूलको रसमा सुरुमा ७५ प्रतिशत पानी हुन्छ । तर, जति जति समय बित्दै जान्छ, पानीको अधिकांश भाग बाष्पित हुन्छ । यही प्रक्रिया चलिरहँदा केवल २० प्रतिशत मात्र पानी रहन्छ।

सुरुमा माहुरीले फूलबाट जम्मा गरेको रस चिनी हुन्छ । तर, चाकामा एकत्रित गरेपछि त्यसमा रासायनिक परिवर्तन हुन्छ। अन्ततः यही प्रक्रियाबाट त्यसमा केवल १ दशमलव ९ प्रतिशत मात्र सुगर बाँकी रहन्छ। महमा २० प्रतिशत पानीका साथै ७६ प्रतिशत आयरन, फस्फोरस, क्याल्सियम, सोडियम, म्याग्निज, मिनरल्स आदि हुन्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics