मान्छेलाई आक्रमण गर्ने बाघ स्थानीयले मारे

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार अपरान्ह ५ बजेतिर महतो घर नजिकैको मकैबारीमा गएका बेला बाघको आक्रमणमा परेका हुन्। मकैबारी नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेपछि नजिकै रहेका अन्य मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।

महतोलाई आक्रमण गरेको बाघलाई उनका गाँउका मानिसहरूले घेरा हालेर वञ्चरो, भाला र लठ्ठीले हानेर मारिदिएको प्रहरीले जनाको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics