सुरक्षित रूपमा रकम ट्रान्सफर गर्न ईसेवाको ‘ईस्क्रो फिचर’
- नेचर खबर

काठमाडौं - इसेवाले आफ्ना ग्राहकका लागि नयाँ फिचर 'इस्क्रो’ सुविधा ल्याएको छ । अनलाइन सपिङमा अग्रिम भुक्तानीपछि ग्राहकमाथि हुन सक्ने ठगी रोक्नका लागि कम्पनीले यो सुविधा ल्याएको हाे । अनलाइन माध्यमबाट सामान खरिद गर्दा बिक्रेतालाई समयमै भुक्तानी नहुने वा ग्राहकले अग्रिम भुक्तानी गरेपनि समयमै सामग्री नपाउने वा अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्कविहीन हुने जस्ता समस्या समाधान गर्नका यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने इसेवाको भनाइ छ ।‘सेक्युअर्ड ट्रान्सफर’ फिचर सार्वजनिक गरेको थियो । उक्त फिचरलाई अहिले कम्पनीले ‘ईस्क्रो’ फिचरको नाम दिएको छ ।
प्रतिक्रिया दिनुहोस