र्‍यालीसहित सुरु भयो ताप्लेजुङ पर्यटन महोत्सव

ताप्लेजुङ – जिल्लाको पर्यटकीय क्षेत्र र प्रसिद्ध तिर्थस्थल पाथीभराको प्रचार गर्ने उदेश्यले ताप्लेजुङमा विहीबारबाट ‘ताप्लेजुङ पर्यटन महोत्सव’ सुरु भएको छ । महोत्सव ७ गते सम्म चल्नेछ ।

महोत्सवका लागि बजार सजिसजाउ गरिएको छ भने विभिन्न कार्यक्रमको पनि आयोजना गरिएको छ ।

महोत्वको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनि उनी आउने कार्यक्रम भने स्थगित भएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले स्थानीय सर्वसाधारण स्वतस्फूर्त रूपले महोत्सवका विभिन्न कार्यक्रममा सक्रिय रूपले सहभागी बनेको बताए ।

पाँच दिनसम्म चल्ने महोत्सवमा दर्जनौँ कार्यक्रम तय भएका छन् ।

यता पाथीभरा केबलकार निर्माणविरुद्ध संघर्ष गर्दै आएको समूहले आह्वान गरेको बन्दको असर भने महोत्सवमा परेको छ । बन्दले ताप्लेजुङको यातायात ठप्प भएको छ ।

संघर्षरत रहेको समूहले बुधबार र बिहीबार दुईदिने यातायात बन्दको आह्वान गरेपछि बजार सुनसान बनेको हो ।

यातायात पूर्ण रूपमा बन्द भएका कारण कतैबाट मानिसहरूको आवतजावत छैन । मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङमा यातायात ठप्प भएकाले जिल्लाको विभिन्न गाउँहरूबाट आउने स्थानीयवासीहरू आउन सकेका छैनन् । महोत्वसमा आउन नौ स्थानीय तहका ६१ वडाबाट आउने स्थानीय रोकिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics