जलवायु परिवर्तनको असरसँग जुध्ने उत्तम बाटो ‘चक्रिय अथतन्त्र’

काठमाडौं – चक्रिय अर्थतन्त्र पद्धती अपनाए नेपालमा बढ्दो जलवायु परिवर्तनको असरबाट बच्न सकिने यस क्षेत्रमा काम गरिरहेका विज्ञहरूले बताएका छन् ।


युरोपियन युनीयनको आर्थिक सहयोग र इम्प्याक्ट हबसँगको सहकार्यमा वन्यजन्तु संरक्षण संघ नेपालले काठमाडौंमा सञ्चारकर्मीका लागि आयोजना गरेको चक्रिय अथतन्त्रको महत्व विषयक तालिममा यस्तो बताइएको हो ।


कार्यक्रमको सुरुवातमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले चक्रिय अथतन्त्र पद्धतीमा नेपालले आफूले सक्ने लक्ष्य मात्र राख्नुपर्ने बताए । भने, ‘अहिले विश्वका अन्य देशहरू फेरि प्रकृतीतर्फ फर्किएका छन् । नेपालका प्राकृतीक सम्पदा जोगाउँदै यसको समयमै सही सदुपयोग गर्नुपर्छ ।’

वन्यजन्तु संरक्षण नेपालकी निर्देशक सजीवनी योञ्जन श्रेष्ठले विश्व चक्रिय अथतन्त्र पद्धतीमा गइरहेकाले यो पद्धती अपनाउन नेपालले पनि ढिला गर्न नहुने बताइन् । ‘उत्पादनकर्ता र नीति निर्माण कर्ताहरूले यो विषयमा ध्यान दिनुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘सकेसम्म फोहोर उत्पादन नगर्ने, उत्पादन भए पनि त्यसको पुन प्रयोग गर्ने वा त्यसलाई पुन प्रयोगमा ल्याउने र नभएमात्रै फोहोरका रूपमा विसर्जन गर्ने नीति नै चक्रिय अर्थतन्त्र हो । यो सबैले बुझ्नुपर्छ ।’

जलवायु परिवर्तन र वातावरण विषयमा लामो समयदेखि कलम चलाईरहेका वातावरण पत्रकार तथा नेचर खबरका सम्पादक पिताम्बर सिग्देलले जलवायु परिवर्तनको असरबाट जोगिन र जलवायु अनुकुलन तर्फको मुख्य मार्ग नै चक्रिय अर्थतन्त्र भएको बताए । ‘हामीले अब जलवायु परिवर्तनको असरसँग कसरी जुध्न सकिन्छ भन्ने विषयमा लेख्दा चक्रिय अर्थतन्त्रलाई सँगै जोडेर जानुपर्ने अवस्था आएको छ । यसको महत्व बढ्दो छ,’ उनले भने ।


वातावरण पत्रकार सुवोध गौतमले चक्रिय अर्थतन्त्रसंग सम्बन्धित समाचारको महत्व, आफुले समाचार लेख्दा भोगेको चुनौती साथै समाचारका विषय तथा लेखन शैलीबारे सहभागीलाई बताएका थिए ।


कार्यक्रममा सहभागीले देशलाई चक्रिय अथतन्त्र पद्धतीमा लगेर वातावरण जोगाउने क्रियाकलाप गर्नुपर्नेमा जोड दिए । उक्त तालिम मंगलबार र बुधबार सञ्चालन भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics