भारतमा बाढीका कारण १८ को मृत्यु, छ लाख भन्दा बढी प्रभावित

नयाँदिल्ली - भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् ।

बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर छ ।

आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको हो । यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।

अधिकारीहरूले हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् । आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण ९एएसडीएमए० का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ ।

प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् । यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल ( एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल(एसडीआरएफ) का कर्मचारीहरू तैनाथ गरिएको छ ।

गत महिना पश्चिम बङ्गालाल र बङ्गलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics