विश्व वातावार‌ण दिवस आज, ‘हाम्रो भूमि हाम्रो भविष्य’ राष्ट्रिय नारा

काठमाडौं - विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । यस दिवसका अवसरमा देशका विभिन्न ठाउँमा वृक्षारोपणका कार्यक्रम पनि आयोजना गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्‌वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍‌‌

वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देशमार्फत हामी सबैले आफ्नो घरवरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने बताएका छन् ।

उनले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्नुपर्ने पनि बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics