गाँजा खेतीका विषयमा कृषि समितिमा छलफल हुने, गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाइयो

काठमाडौं – प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थकासहित ४ मन्त्रीलाई बोलाएको छ ।

शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको समितिको सचिवालयले जनाएको छ ।

मन्त्रालयका सचिव पनि छलफलमा उपस्थित हुने र गाँजा खेतीबारे छलफल हुने बताइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला समेतलाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको छ । यसअघि यो विषय बजेटमा आए पनि कार्यान्वयन हुन सकेको छैन ।




कांग्रेस सांसद आरजु राणा सभापति रहेको कृषि समितिको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics