पुलमा फसेर खसालिएका खच्चडले पाए त उपचार ?

काठमाडौं – कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धारपछि तत्काल उपचार गरिएको छ ।

फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको थियो भने बाँकी घाइते खच्चडको उद्धारपछि उपचार भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बोहोरा, जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको उपचार गरेको पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखा संयोजक प्रेम जैशीले जानकारी दिए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिकाबाट खटिएको पशु सेवा शाखाको टोलीले ११ वटा खच्चडको तत्काल उपचार गरेको थियो ।

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुडिदा पुलमा खच्चड अड्किएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics