बागमतीका डिभिजन वन कार्यालयमा तोकिए वातावरण निरीक्षक, उनीहरूले के गर्छन् काम ?

काठमाडौं – बागमती प्रदेशले १५ वटै डिभिजन वन कार्यालयमा वातावरण निरीक्षक तोकेको छ ।

सरकारको वातावरण संरक्षण सम्बन्धी कानुनको परिपालना, वातावरण संरक्षण र विकाससम्बन्धी अपेक्षाहरू तथा यथार्थ अवस्थालाई सम्बोधन गर्न वातावरण निरीक्षक तोकिएको बागमती सरकारले जनाएको छ ।

वातावरण संरक्षण ऐन, २०७७ को दफा २२ को उपदफा १ बमोजिमको काम गर्न÷गराउन, कर्तव्य पुरा गर्न र अधिकारको प्रयोग गर्न÷गराउनका लागि उनीहरूलाई जिम्मेवारी दिइएको हो ।

बागमती प्रदेशको वातावरण संरक्षण ऐन, २०७७ को दफा २२ को उपदफा २ बमोजिम वातावरण निरीक्षक तोक्ने निर्णय प्रदेश सरकारले जेठ २४ गते नै गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics