वर्षाले खाँदबारी–नुम सडकमा क्षति

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति गरेको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए ।

वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको कोइरालाको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics