मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत भेटियो
- नेचर खबर

विराटनगर - मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ ।
बुधबार बिहान सुन्दरहरैंचा-६ का दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।
अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।
छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस