कोशी र यसका सहायक नदीमा जलसतह क्रमश बढ्दै, तमोरमा बाढीको चेतावनी

काठमाडौं – कोशी प्रदेशका नदीहरूमा जलसतह क्रमश बढ्दै गएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी ३ दिन कोशी र यसका सहायक नदीहरू तमोर, अरूण, सुनकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुने भए पनि बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम र आसपास भइ बहने केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम समेत रहेको महाशाखाले जनाएको छ ।

यस्तै कमला, बागमती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य घटबढ हुने बताइएको छ ।

हाल तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मि) भन्दा माथि रहेको र बढ्दो क्रममा रहेकाले विषेशत तमोर नदी तटिय क्षेत्रमा हुनुहुनेहरूले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics