धर्तीको रोदन

बिश्व खडेरी रोकथाम दिवस विशेष कविता

–सुशीला पोखरेल,
तापक्रम हिजो भन्दा आज, आज भन्दा भोली उच्च अनुपातमा वृद्धि हुँदैछ ।
चराहरू आकाशमा उडिरहँदा अनायासै भुईंमा झरी मृत्युवरण गर्न पुगेका छन् ।
मानिसहरू गर्मी छल्न साइबेरीयन चरासरि पहाडतिर प्रवासन गरेका छन् ।
खडेरीको कारण जमिन तातेर, पानी पर्याप्त मात्रामा नपाउँदा बीउ बीजन उम्रेका छैनन् ।

विगतका वर्षहरूसम्म बाटो वरपर हरियाली हुन्थ्यो ।
घरहरू बीच केही दुरीका साथै मान्छेको चाप पनि कम हुन्थ्यो ।
कृषकहरूले पनि आफ्नो मेहनत स्वरूप फल राम्रै पाउँथे ।
जीवजन्तुहरूलाई पानीको मुहान खोज्न सहज हुन्थ्यो ।

शहरीकारणको बाहानामा भएका विभिन्न गतिविधिहरूले कार्बन धेरै उत्सर्जन भएको छ ।
जलवायु परिवर्तनका कारण अनिश्चित अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि हुन थालेको छ ।
भूमिको अत्याधिक उत्खनन, दबाबका कारण क्षयीकरण हुन पुगेको छ ।
ठूला ठूला भवन तथा बाटो निर्माणका कामहरूले जमिन उथलपुथल बनाएको छ ।

रुखहरू मासिएका छन्,यस्तो अवस्थामा शीतल छहरी खोज्न कठिन परेको छ ।
विविधता नासिएका छन्, सबैलाई जीवन जिउन मुस्किल परेको छ ।
यस्तै हुँदै जाने हो भने आखिर स्वस्थ माटो कहिले सम्म रहला ?
आफ्नो पालोसम्म त होला हैन ? भावि पुस्ताका लागि सोच्न नपर्ने हो ?

पहिलै विश्वव्यापी रूपमा लगभग आधा भूमिमा ह्रास आएको छ ।
उप्जाउ जमिनले लगभग ९५ प्रतिशत खाना, कपडा, आश्रय प्रदान गरेको छ ।
फराकिला सडक बनाउने जमर्को गर्दा मानिसको मन साँघुरो भएको छ ।
तसर्थ हामी सबैको एकतामा हाम्रो धर्ती, हाम्रो विरसता, हाम्रो भविष्य सम्भाव छ ।

लागौँ सबै अबल पक्ष, ल्याऔँ जलसंचारको अवधारणा, बनाऔँ समृद्ध वनस्पतिकरण ।
जागौँ स्थानीय समुदाय, सरकार र सबै सरोकार निकायहरू, ल्याऔँ एउटा अभियान ।
सफल भइन्छ एकजुट भै काम गर्दा, बढाउन सकिन्छ हराभरा जमिन ।
खडेरी न्यूनीकरण गरौँ, समृद्ध भूमिको कल्पना साकार पारौँ, आऊ सबै जना ।।

000

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics