माछाका रोचक तथ्य : पानीमा डुबेर मर्न पनि सक्छ, आफ्नो आँखा कहिल्यै बन्द गर्दैन

काठमाडौं - हामीलाई लाग्छ माछा पानीमा सुरक्षित हुन्छ । उसलाई पानीको केहि असर पर्दैन, पानीमा उसलाई केहि खतरा छैन । यो हामीलाई लाग्छ, तर यो कुरा सत्य भने होइन । माछा पानीमा डुबेर पनि मर्न सक्दछ । आज हामी तपाईलाई माछाका बारेमा रोचक १० कुराहरुको जानकारी दिदैछौँ ।

१. जसरी संसारका हरेक प्राणीलाई जीवित रहनका लागि अक्सिजनको आवश्यक पर्दछ त्यसैगरि माछालाई पनि अक्सिजनको आवश्यक पर्दछ । यदि माछालाई पानीमा अक्सिजन मिलेन भने श्वासप्रश्वासका कारण माछा पानीमा डुबेर मर्ने गर्दछ ।

२. माछा एकदमै राम्रो र सुन्दर देखिन्छ, तर केहि माछोहरु भने डरलाग्दा र मानिसको ज्यान लिने खालका पनि हुन्छन् । बक्स जेलीफिस संसारकै खतरनाक माछा हो । यो माछाको बिष कोहि मानिसमा परेमात्र पनि तत्काल उसको मृत्यु हुन्छ ।

३. धेरै जसो माछाहरु अण्डा पार्दछन्, तर केहि माछा त्यस्ता पनि हुन्छन् जसले बच्चा जन्माउँदछ । जस्तै, सेतो शार्क ।

४. माछा आफ्नो आँखा कहिल्यै बन्द गर्दैन ।

५. डल्फिनलाई संसारकै सबैभन्दा राम्रो माछा मान्ने गरिन्छ । डल्फिनले ५ देखि ८ मिनेटसम्म आफ्नो श्वास रोकेर राख्न सक्दछ ।

६.माछाहरुको हुलको बीचमा जुन माछो हुन्छ त्यसैले सबै माछाहरुलाई नियन्त्रण गर्दछ, उसको निर्देश अनुसार नै अन्य माछाहरु यत्रतत्र जाने गर्दछन् ।

७. ह्वेल शार्क संसारको सबैभन्दा ठूलो माछा हो, त्यसको लम्बाई दुई वटा ठूला बसको जत्रै हुन्छ । त्यसको तौल २५,००० किलोसम्म हुन्छ र त्यसले अधिकांश प्ल्वकलाई आहारा बनाउँदछ ।

प्लवग समुन्द्रको पानीमा उम्रने वनस्पति हो । त्यसका लगभग ४ हजार दाँत हुन्छन् । दाँतका आकार मात्र ३ मिलिमिटरको हुन्छ ।

८. सेलफिस माछा संसारकै सबेभन्दा तीव्र दौडिन सक्ने माछो हो । यो १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन सक्दछ ।

९. ब्याटफिस एउटा अनौठो माछा हो,यसलाई जब खतराको आभाष हुन थाल्छ तब उक्त माछो बिल्कुलै गतिहिन हुन थाल्छ । त्यसबेला उक्त माछा बगेको एउटा पात जस्तो देखिन्छ ।

१०. माछाले आफ्नो शरीरको तापक्रम, आसपासको वातावरण अनुसार बदल्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics