युवा संघले देशभर ३ लाख वृक्ष रोप्ने, अभियानको शुभारम्भ ललितपुरको गोदावारीबाट

काठमाडौं – राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (भोली) ‘एक महिने वृक्षरोपण’ अभियानको शुभारम्भ गर्ने भएको छ ।

केन्द्रीय कमिटीको आयोजनामा ७३औं मदन जयन्तीको अवसर पार्दै यो अभियानको शुभारम्भ गर्न लागेको युवा संघ, नेपालका प्रचार विभागका उप–प्रमुख दुस्यन्त दाहालले जानकारी दिए । ‘यो अभियान एक महिना सम्म निरन्तर चल्नेछ,’ उनले भने, ‘देशका विभिन्न स्थानमा यो अभियानका क्रममा ३ लाख विरुवा रोप्ने योजना छ ।’

ललितपुरको गोदावारी नगरपालिका १३ मा रहेको पोखरीटार झरुवारासीमा शुक्रबार विहान १० बजे विरुवा रोप्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको शुभारम्भ गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बताए ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics