वन मन्त्रालयले वातावरणको क्षेत्रमा ज्ञान भएका व्यक्तिको माग्यो दरखास्त

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले वातावरणको सम्बन्धमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्तिहरूलाई दरखास्त आह्वान गरेको छ ।

एक सार्वजनिक सूचना प्रकाशन गर्दै मन्त्रालयले यस्तो आह्वान गरेको हो ।


वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (२) बमोजिम गठन हुने राय सुझाव समितिमा विषयविज्ञको रूपमा सूचीकृत हुन वा वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४८ बमोजिम वातावरणको सम्बन्धमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्तिको रूपमा सूचिकृत हुन वा दुवै प्रयोजनको लागि वातावरण विज्ञहरुको लागि दरखास्त आह्वान गरिएको छ,’ उक्त सूचनामा भनिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics