सञ्चारकर्मी उपाध्याय सम्मानित



वन्यजन्तु, वन, वातारण संरक्षणमा अध्ययन अनुसन्धान तथा लेखनमा योगदान पुर्याएको भन्दै वन तथा भू संरक्षण मन्त्रालयले सञ्चारकर्मी लक्ष्मीप्रसाद उपाध्यायलाई आज राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान तथा अभिनन्दन गरेको छ ।

वन्यजन्तु सप्ताह मनाउने क्रममा सप्ताहान्तको दिन विहीवार राजधानीमा आयोजित विशेष समारोहमा सञ्चारकर्मी उपाध्यायलाई सम्मान तथा अभिनन्दन गरेको हो । नेपाल सरकारले विगत २२ वर्षदेखि सप्ताहव्यापी रुपमा वन्यजन्तुको संरक्षणमा योगदान पुग्ने बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

बाघ, गैँडा, हात्ती लगायतका मेगा वन्यजन्तुको संरक्षणमा युवालाई अभिप्रेरित गर्ने बिभिन्न कार्यक्रम सञ्चालन गरी सरकारले यस वर्षको वन्यजन्तु सप्ताह मनाएको छ । सञ्चारकर्मी उपाध्यायले विगत डेढ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ । उपाध्याय गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics