जहाज दुर्घटनाका विषयमा प्राधिकरणका अधिकारीले प्रधानमन्त्रीलाई के भने ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारेमा त्रिभुवन विमानस्थलमा पुगेर जानकारी लिएका छन् । बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि भन्दै पोखराका लागि उडेको केही क्षणमै जहाज दुर्घटना भएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका हुन्। प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरे ।

त्यसक्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबिन हुने बताएका छन् । दुर्घटनास्थलको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले नेपाल नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका छन् । सौर्य एयरका कर्मचारी र प्राविधिक बोकेको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । घाइते भएका पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics