आज कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

काठमाडौं - हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics