अरुण नदी थुनियो, बन्याे ताल

फाइल फाेटाे


बरुण नदीमा आएको बाढीले संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि लगभग २ किलोमिटर भन्दा ठूलो बाँध बनेको र ७५ प्रतिशत पानि रोकिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट ८० किलोमिटर टाढा २ दिनको पैदलमा पर्छ ।

अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् । गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारीमा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics