सामुदायिक वन विकासबाट ३३ लाख घरधुरी लाभान्वित छन् : मन्त्री शाही

काठमाडौं — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन् । शुक्रबार ललितपुरमा भएको सामुदायिक बन दिवस-२०८१ विशेष समारोहमा मन्त्री शाहीले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम सुरु भएको स्मरण गरे ।

मन्त्री शाहीले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताए । उनले नेपालले सामुदायिक बन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरु, सफलताहरु विश्वमा नै उदाहरणीय रहेको जिकिर गरे । उनले सामुदायिक बन लगायत समुदायमा आधारित बन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न बनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको बताए ।

उनले भने, ‘समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला सुरु भएको सामुदायिक बन विकास कार्यक्रम नेपालको एक महत्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक बन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् । करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएका छन् ।'

बनमन्त्री शाहीले सामुदायिक वनको व्यवस्थापनबाट स्थानीय समदुायको वन पैदावरको व्यवस्थापन र आवश्यकता पूरा गरी जीविकोपार्जन सुधारका साथै उत्पादनमुखी वन व्यवस्थापन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने र राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्ने उल्लेख गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics